चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत
आइतबार, १४ जेठ २०८०, १६ : ११
काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत दिएको छ । आर्थिक सर्वेक्षणअनुसार उक्त सङ्ख्याका विदेशी नागरिकलाई श्रम स्वीकृति दिनुका साथै ७९५ जनालाई पुनः श्रम स्वीकृति दिइएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा यो सङ्ख्या क्रमशः ६८६–६०६ थियो । २०७८/७९ को आर्थिक वर्षभर ९५० जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाको श्रम स्वीकृति नवीकरण गरिएको थियो ।
यस्तै, यस अवधिमा १ हजार ६९२ श्रम प्रतिष्ठानको निरीक्षणका साथै न्यूनतम पारिश्रमिक कार्यान्वयनको अनुगमन गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस अवधिमा ३१ श्रम प्रतिष्ठानलाई श्रमिक आपूर्तिकर्ताको इजाजत पत्र प्रदान गरिएको छ भने २६९ कम्पनीको इजाजत पत्र नवीकरण समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण