सार्वजनिक संस्थान बने भर्ती केन्द्र, ४४ संस्थानमा २९ हजार कर्मचारी
काठमाडौँ । विभिन्न क्षेत्रमा सर्वसाधारणलाई सेवा दिने लक्ष्यसहित स्थापना गरिएका सार्वजनिक संस्थान भर्ती केन्द्रका रुपमा परिणत भएका छन् । सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थान नै राजनीतिक दलका भर्ती केन्द्रका रूपमा परिणत बनेका हुन् ।
सञ्चालनमा रहेका ४४ मध्ये २५ वटा सार्वजनिक संस्थानले मात्रै आफ्नो खर्च आफैँ जुटाउँछन् । बाँकी १९ वटा सार्वजनिक संस्थानले कर्मचारी पाल्न समेत नेपाल सरकारबाट सहयोग लिनुपर्छ । यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक संस्थान र समितिलाई गाभ्ने र गाभिने नीति लिइने बताएका थिए ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सार्वजनिक संस्थान, बोर्ड र समितिको सङ्ख्या घटाउन मर्जरको नीति लिने बताएका थिए । तर, अहिलेसम्मको स्थितिमा सबै सार्वजनिक संस्थान भर्ती केन्द्रकै रूपमा रहेका हुन् ।
हाल सबै सार्वजनिक संस्थानमा गरी कूल २९ हजार ७३६ जना कर्मचारी छन् । र, यी सबै कर्मचारी आवश्यकताभन्दा बढी छन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानमा २८ हजार कर्मचारी थिए । यस्तै, २०७६/७७ मा समेत सार्वजनिक संस्थानहरूमा २८ हजारभन्दा बढी कर्मचारी भर्ती भएका थिए ।
आवश्यकताभन्दा धेरै सङ्ख्यामा रहेको र कहिले नाफामा आउन नसक्ने सार्वजनिक संस्थानलाई नेताहरूले भर्ती केन्द्रका रूपमा विकास गर्दा राज्यले बर्सेनि अर्बौँ रुपैयाँको भार बेहोर्नु परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण