बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व राजालाई कर्णालीका मुख्यमन्त्रीको चेतावनी : डाँडा कटाउन नपरोस्

सोमबार, १५ जेठ २०८०, ११ : ०२
सोमबार, १५ जेठ २०८०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनुपर्ने चेतावनी दिएका छन् । प्रदेश सरकारको आयोजनामा भएको १६ औँ गणतन्त्र दिवस कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन् । मुख्यमन्त्री शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्तिप्रति संकेत गर्दै भने, ‘विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको छ। म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवाद हुनसक्छ।’

मुख्यमन्त्री शर्माले देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको बताए । उनले भने, देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन् । यो व्यवस्था दशकौं लामा संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’ उनले जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने बताए ।  

मुख्यमन्त्री शर्माले कर्णाली र समर्ग देशलाई आर्थिक समृद्धितर्फ लैजान एउटा संकल्प र एकता चाहिएको बताए  गणतन्त्र दिवस मनाउनुको सार्थकता पनि यहि हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप