पूर्व राजालाई कर्णालीका मुख्यमन्त्रीको चेतावनी : डाँडा कटाउन नपरोस्
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनुपर्ने चेतावनी दिएका छन् । प्रदेश सरकारको आयोजनामा भएको १६ औँ गणतन्त्र दिवस कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन् । मुख्यमन्त्री शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्तिप्रति संकेत गर्दै भने, ‘विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको छ। म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवाद हुनसक्छ।’
मुख्यमन्त्री शर्माले देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको बताए । उनले भने, देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन् । यो व्यवस्था दशकौं लामा संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’ उनले जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने बताए ।
मुख्यमन्त्री शर्माले कर्णाली र समर्ग देशलाई आर्थिक समृद्धितर्फ लैजान एउटा संकल्प र एकता चाहिएको बताए गणतन्त्र दिवस मनाउनुको सार्थकता पनि यहि हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण