बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र संस्थागत गर्न सबै पक्षको सहयोग आवश्यक छ : मुख्यमन्त्री जम्मकट्टेल

सोमबार, १५ जेठ २०८०, ११ : ५०
सोमबार, १५ जेठ २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गणतन्त्रलाई संस्थागत गर्न सबै पक्षबाट सकरात्मक सहयोग आवश्यक रहेको बताएका छन् । सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले मुलुकमा राजनीतिक परिवर्तनसंगै स्थापित व्यवस्था संस्थागत गर्न सबै पक्षको आवश्यक रहेको बताएका हुन् ।

उनले प्रदेश सरकारले जनताको भावनाअनुसार भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मौलिक हकको संरक्षण गर्न प्रतिवद्ध रहेको बताए । प्रदेशको १३ वटै जिल्लामा सडक सञ्जाल, सिञ्चार्इृ, कृषि, विद्युत विस्तार, उच्च शिक्षा, स्वास्थ्य उपचारलाई गुणस्तरीय सेवा प्रदान गर्न सरकारले नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम ल्याएको उनको भनाई छ ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारको प्रवक्ता गंगानारायण श्रेष्ठले संघीयतालाई दरिलो एवम् प्रभावकारी बनाउन संघीय सरकारले अधिकार हस्तान्तरण गर्नुपर्ने बताए । उनले प्रदेश सरकारलाई संविधान बमोजिमको अधिकारी संघ सरकारद्वारा प्रत्यायोजित गरेर अघि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप