भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने हुन्छ : मन्त्री किराती
सोमबार, १५ जेठ २०८०, १५ : ५२
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने बताएका छन् ।
ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताए ।
मन्त्री किरातीले सहिदहरूमाथि अपमान हुन नदिन पनि भ्रष्टाचारविरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए ।
त्यस अवसरमा मन्त्री किरातीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण