शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पथलैया–नारायणगढ सडक खण्डको काम सुरु गरिने

सोमबार, १५ जेठ २०८०, १८ : २६
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत पथलैया–नारायणगढ सडक खण्डको काम सुरु गर्ने भएको छ । सकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पथलैया नारायणगढ सडक खण्ड विस्तारको काम आगामी आर्थिक वर्षमा सुरु गर्ने बताएका हुन् ।

उक्त सडक खण्ड अन्तर्गत हेटौंडा बजार क्षेत्रको सडक खण्डमा समस्या हुँदै आएको थियो । हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडा–११ थानाभा¥याङ क्षेत्र सम्म सडक विस्तारमा समस्या हुँदै आएको छ । हेटौंडा–११ बाट पश्चिम तर्फ मनहरीको लोथर र चितवनको पिप्लेदेखि नारायणगढसम्म सडक विस्तारमा कुनै समस्या छैन ।

यता हेटौंडा–१५ रातोमाटेबाट पूर्व तर्फ बाराको अम्लेगञ्जदेखि पथलैयासम्म पनि सडक विस्तारमा अवरोध छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप