शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
धर्म/कर्म

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बेहडा बाबा, पूजाका लागि दिइयो मंगलबार सार्वजनिक बिदा

मङ्गलबार, १६ जेठ २०८०, ०६ : ३३
मङ्गलबार, १६ जेठ २०८०

केलाली । धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिरमा सोमबारदेखि गंगादशहरा पूजा तथामेला सुरु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने गर्दछ । मेला जेठ १९ गतेसम्म चल्ने छ । 

यसैबीच, बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले दर्शनार्थी, आगन्तुक एंव धार्मिक पर्यटकहरुलाई लक्षित गरी शतर्कता बढाएको छ ।समितिका अध्यक्ष पदमराज जोशीले मन्दिर तथा मेलाको सुरक्षाको लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिनुको साथै स्वंयसेवक परिचालन गरिएको बताए । 

मेलामाखानेपानीको व्यवस्था गरिनुको साथै शौचालय, बस व्यवसायीहरुको सहकार्यमा धनगढीदेखि मन्दिरसम्म बस सञ्चालन गरिएको छ ।  मेलामा ६ सय बढी विभिन्न किसिमका व्यापारिक स्टल, बच्चा झुलालगायत राखिएका छन् । यस वर्ष करिब ५ लाख बढी दर्शनार्थी तथा आगन्तुकको जमघट हुने अनुमान समितिको छ ।

मंगलबार सार्वजनिक बिदा
यसैबीच,धनगढी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । गंगादशहरा पर्वको अवसरमा सार्वजनिक विदा दिइएको हो । मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको हुँदा उपमहानगरमा स्थानीय बिदाको रुपमा सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाद्वारा सूचनामा उल्लेख छ ।

behada baba1 (1)

यसैक्रममा,धनगढी उपमहानगरपालिकाले धनगढी बजारदेखि मन्दिरसम्म आवातजावतमा सहजताको लागि बाटो मर्मत गरेको छ ।

के छ बेहडाबाबाको विशेषता?
बेहडा बाबा मन्दिर सुुदूरपश्चिमको मात्रै नभई मुलुककै बहुचर्चित धार्मिक आस्थाको केन्द्र मानिन्छ । जहाँ पत्नीलाभ, पुत्रलाभ, धनलाभ लगायत मनोकांक्षा बोकेर तीर्थालुहरु आउने गरेको स्थानीय बताउँछन् । 

स्थानीय बुद्धिजीवीहरुका अनुसारमन्दिर भएको स्थान घना जंगल थियो । परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरियो । रामपुर गाउँस्थित जंगलकिनारमा स्थित सो मन्दिरमा भएको शिवलिंग परिवर्तनशील देखिएको छ ।

behada-baba-temple1

सो क्षेत्रमा उहिले भारतीयहरुको दवदवा थियो । त्यस ठाउँमा बाक्लो वनजंगल भएका कारण त्यहाँ मानिसहरुको बसोबास थिएन ।पछि मन्दिर बनेपछि नजिकैका आदिबासीहरु बस्दै आए। भारतीयहरु यहाँ घुम्न आएका बेला सो शिवलिंग फेला पारेका थिए । उनीहरुलेशिवलिंगमा डोरीले बाँधेर कैयौंपटक उखेल्न प्रयास गरेको बताइन्छ । 

शिवलिंग उखेल्न नसक्दा फलामको घनले हिर्काएको बताइन्छ। घनले हिर्काएको छाप अहिले पनि शिवलिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । शिवलिंग लान नसकिएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ ।

महादेवा तालमा मोटरबोट
मन्दिर परिसरमै महादेवा नामको एउटा ठूलो तलाउछ । तलाउमा स्नानगरी दर्शनार्थीहरु शिवजीको पूजा गर्दछन् ।  हालै धार्मिक पर्यटन विकासको लागि सो तालमा मोटरबोट सञ्चालनमा ल्याइएको छ ।नेपाल बोट एण्ड अम्युज्मन्ट् प्रालिले ६ बोट सञ्चालनमा ल्याएको हो । मोटरबोट सञ्चालनपछि पर्यटकको संख्या बढ्ने समितिका अध्यक्ष जोशीले बताए ।

motor boat at mahadewa taal

पछिल्लो समय सो क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रसंग जोडिएर हेर्न थालिएको छ । धनगढी उपमहानगरपालिकाले मन्दिरको गुरुयोजना बनाएर संरचना निर्माण थालेको छ । भक्तजनहरुको लागि धर्मशाला, सडक विस्तार, खानेपानी व्यवस्थापन गरिदै छ ।

बेहडा बाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चोकबाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।
Behada baba temple

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप