चम्चा र चक्कुमा लाग्यो खिया ? यी सजिला टिप्स काम लाग्नेछन्

सबैको भान्सामा चक्कु र चम्चा त हुन्छ नै । तरकारी काट्न चक्कु चाहिन्छ भने कतिलाई चम्चाले खाना खानुपर्छ । यस्तै, केही निकाल्नुपर्यो, केही चलाउनुपर्यो भने पनि चम्चा त चाहियो नै । तपाईंले याद गर्नुभएको होला कि लगातार चक्कु, चम्चाको प्रयोगले यसमा खिया पनि लाग्छ । कहिलेकाहीँ खराब गुणस्तरका कारण पनि खिया लाग्ने गर्छ । खिया लागेका चक्कु, चम्चा धेरैले फ्याँकिदिन्छन् वा प्रयोग गर्दैनन् । यदि तपाईंको पनि समस्या यस्तै छ भने यसलाई फ्याँक्नुको साटो केही सजिलो किचन ह्याक्सको मद्दतले पुनः प्रयोग गर्न लायक बन्न सक्छन् । यसबारे जानकारी लिऔँ ।
१. कागतीको प्रयोग
तपाईंको घरको चक्कु र चम्चामा खिया लाग्न थालेको छ भने यसलाई यत्तिकै नछोड्नुहोस् नभए पछि हटाउन गाह्रो हुन्छ । थोरै खिया देखियो भने पनि कागती प्रयोग गर्नुहोस् । तपाईं एक चम्चा कागतीको रस कचौरामा हाल्नुहोस् । त्यसमा थोरै नुन हाल्नुहोस् । अब यो मिश्रणले चक्कु र चम्चाको खिया निकाल्न सक्नुहुन्छ ।
२. नरिवलको तेल
खिया हटाउन तपाईं नरिवलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि चक्कुमा नरिवलको तेल लगाउनुहोस् र यसलाई केही बेरका लागि छोडिदिनुहोस् । तपाईं तोरीको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । तोरीको तेल लगाएर यसलाई कुनै कपडा वा कपासले सफा गर्नुहोस् ।
३. बेकिङ सोडा पनि काम लाग्छ
सर–सफाइ गर्दा बेकिङ सोडा सबैभन्दा धेरै प्रयोग गरिन्छ । तपाईंको चक्कु, चम्चामा खिया लागिरहेको छ भने बेकिङ सोडा प्रयोग गरेर यो दाग हटाउन सक्नुहुन्छ । यसलाई पानीमा मिक्स गरेर खिया लागेको ठाउँमा लगाउनुहोस् र रगड्नुहोस् । त्यसपछि पानीले सफा गर्नुहोस् । यसो गर्दा खिया हट्छ ।
४. प्याज निकै प्रभावकारी
प्याजको रस वा यसको टुक्राले पनि खिया हटाउन सकिन्छ । यसका लागि प्याजको रस निकालेर चक्कु, चम्चामा लगाउनुहोस् । कुनै पुरानो ब्रसले रगड्नुहोस् । तपाईं प्याज काटेर पनि यसमा रगड्न सक्नुहुन्छ ।
यहाँ याद गर्नुपर्ने कुरा के छ भने यहाँ दिइएका सबै टिप्स कम वा हल्का खिया हटाउन असरदार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद