शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनिल शेट्टीलाई सधैँ आउँथ्यो अन्डरवर्ल्डको फोन : भने, ‘म उनीहरूलाई गाली गर्थेँ तर प्रहरीले भने...’

मङ्गलबार, १६ जेठ २०८०, १२ : ५५
मङ्गलबार, १६ जेठ २०८०

सुनिल शेट्टी आजकाल ओटिटी वेब सिरिज ‘हंटर टुटेगा नहीं तोडेगा’ का कारण चर्चामा छन् । यसमा उनको अभिनय र प्रस्तुतिको धेरैले तारिफ गरेका छन् । हुन त सुनिल शेट्टी आफ्नो उत्कृष्ट भूमिका र कडा व्यक्तित्वका लागि परिचित छन् । वेब सिरिजको प्रोमोसनका क्रममा सुनिल शेट्टीले मिडियासँगको कुराकानीमा कुनै बेला आफूलाई अन्डरवर्ल्डको फोन दैनिक जसो आउने गरेको खुलासा गरे ।

sunielशान्तनुसँग ‘द बार्बरसप’ पोडकास्टमा कुराकानी गर्दै उनले भने, ‘मुम्बईमा यस्तो समय पनि थियो । त्यति बेला अन्डरवर्ल्ड निकै सक्रिय थिए । मैले पनि अभिनयको क्षेत्रमा निकै राम्रो गरिरहेको थिएँ । मलाई सधैँ उनीहरुले फोन गर्थे । मलाई ‘तँलाई यसो गरिदिन्छु, उसो गरिदिन्छु’ भन्दै धम्की दिन्थे । तर म भने उनीहरूलाई गाली गरिदिन्थेँ ।’

suniel1‘तर प्रहरीले मलाई यसो नगर्न भन्थे । ‘उनीहरू तिम्रो पछि लाग्नेछन् । पागल भयौ कि क्या हो ? कुरा नबुझेको हो ? यिनीहरू तँसँग रिसाए भने तँलाई जे पनि गर्न सक्छन्,’ प्रहरीले मलाई भन्थे,  मैले पनि प्रहरीलाई ‘यसमा गलत के छ र ? मलाई फोन गरेर सधैँ धम्की दिइरहेका छन् । मैले के गरेको छु ? म गलत छैन । तिमीहरू छौ मेरो रक्षा गर्ने । मलाई सुरक्षा देऊ ।’ भन्थेँ ।’

suniel2‘मैले अहान र आथियालाई म कस्तो ब्याकग्राउन्डबाट आएको हुँ भनेर भनेको छैन । मैले के कति झेलेको छु । मैले धेरै क्रेजी कुरा पनि गरेको छु । चोट लागेको छ । यस्तो कुराबाट बाहिर निस्किसकेको छु, निको पनि भइसकेको छ । र त्यसपछि मैले सरी फिटनेसमा आफ्नो यात्रा सुरु गरेँ । मेरा दुई सन्तानलाई यसबारे केही पनि थाहा छैन । मेरो यही मान्यता छ कि समय नै बेस्ट हिलर हो ।’

suniel4उक्त अन्तरवार्तामा सुनिलले उनको यस्तै हक्की स्वभावका कारण उनले मुम्बईका थुप्रै घरमा सर्नुपरेको पनि बताए । उनले भने, ‘म त्यस्तो ठाउँमा पनि बसेँ, जहाँ ग्याङ बन्थे, चिजहरू पाइन्थे । तर मैले आफ्ना बच्चालाई यसको असर पर्न दिइनँ । समयसँगै मैले घर फेर्दै गएँ ।’

‘मेरा सन्तान राम्रो ठाउँमा बसुन् भनेर सुनिश्चित गर्नका लागि मैले मिहेनत गरेँ । घर किन्दा राम्रो ठाउँमा, राम्रो मान्छे बस्ने ठाउँमा, राम्रा स्कुल भएको ठाउँमा लिएँ । त्यहाँ पढे लेखेका मानिस बस्थे ।’

suniel5कामको कुरा गर्नुपर्दा सुनिल शेट्टी आजकाल ‘हेरा फेरी फ्रेन्चाइजी’ को सुटिङमा व्यस्त छन् । यो फिल्ममा अक्षय कुमार र परेश रावल पनि देखिँदै छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप