पाँचौँ उपाधि चुमेपछि धोनीको ‘मुड’ बदलियो, तत्काल सन्यास नलिने
काठमाडौं । उमेरले ४१ पुगिसकेका भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी अझै पनि व्यावसायीक क्रिकेटमा रमाइरहेका छन् । उमेर उकालो लाग्दै गएका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औँ संस्करणपछि उनले ब्यवसायीक खेलजीवनबाट पनि सन्न्यास लिने अनुमान गरिएको थियो ।
धोनी आफैले पनि कतिपय अवसरमा यस्तो संकेत गरेका थिए । तर, सोमबार राति धोनीकै कप्तानीमा चेन्नई सुपर किङ्ग्स पाँचौँ पटक आईपीएलको उपाधि जितेपछि भने एकाएक धोनीको ‘मुड’ बद्लिएको छ । उनले आफू अझै सक्रिय खेल जीवनमा रमाउन चाहेको बताएका छन् ।
धोनीले तत्काल सक्रिय खेलजीवनबाट सन्न्यास नलिने बताए । आफूले अझै पनि समर्थकहरुबाट अपार मायाँ पाइरहेकाले तत्काल खेलजीवनबाट सन्न्यास नलिने प्रतिक्रिया दिएका छन् । धोनी नेतृत्वको चेन्नईले सोमबार राति सम्पन्न आईपीएलको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।
चेन्नईका समर्थकहरूले पनि क्लबका लागि दोहोरो खुसीको क्षण भएको प्रतिक्रिया दिँदै सामाजिक सञ्जालहरूमा खुसीयाली मनाइरहेका छन् । एकातिर चेन्नईले पाँचौँ उपाधि जितेको खुसी अनि अर्कोतिर, धोनीले तत्काल सन्न्यास नलिने खुसी ।
‘तत्काल खेलजीवनबाट सन्न्यास नलिने धोनीको निर्णय हाम्रा लागि निकै ठुलो उपहार हो,’ चेन्नईका एक समर्थकहरूले सामाजिक सञ्जालमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026