सामाजिक सुरक्षा भत्तामा ८ प्रतिशत बढी बजेट
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा शीर्षकमा मात्र कूल बजेटको ८ प्रतिशत बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षामा कूल १ खर्ब ४२ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बजेट छुट्याएको हो ।
यो कूल बजेटको ८.१६ प्रतिशत हो । आगामी आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
कूल बजेटको ८ प्रतिशत भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा नै खर्च गर्नुपर्छ अन्य विकास निर्माण तथा आर्थिक वृद्धि एवं उत्पादनमूलक क्षेत्रमा बजेट घट्न पुगेको सरकार आफैले स्वीकारेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म यस्तो सामाजिक सुरक्षा शीर्षकमा ९६ अर्ब ९३ करोड रुपैयाँ बढी खर्च भइसकेको सरकारले जनाएको छ ।
खासगरी वृद्ध भत्तालाई प्रमुख मानिएको सामाजिक सुरक्षामा अन्य १० शीर्षकहरू समावेश छन् । सरकारी तथ्याङ्क अनुसार सामाजिक सुरक्षा भत्ता लिने नेपालीहरूको संख्या ३६ लाखमाथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण