बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा भत्तामा ८ प्रतिशत बढी बजेट

मङ्गलबार, १६ जेठ २०८०, १४ : ५९
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा शीर्षकमा मात्र कूल बजेटको ८ प्रतिशत बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षामा कूल १ खर्ब ४२ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बजेट छुट्याएको हो । 

यो कूल बजेटको ८.१६ प्रतिशत हो । आगामी आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्याएको छ । 

कूल बजेटको ८ प्रतिशत भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा नै खर्च गर्नुपर्छ अन्य विकास निर्माण तथा आर्थिक वृद्धि एवं उत्पादनमूलक क्षेत्रमा बजेट घट्न पुगेको सरकार आफैले स्वीकारेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म यस्तो सामाजिक सुरक्षा शीर्षकमा ९६ अर्ब ९३ करोड रुपैयाँ बढी खर्च भइसकेको सरकारले जनाएको छ । 

खासगरी वृद्ध भत्तालाई प्रमुख मानिएको सामाजिक सुरक्षामा अन्य १० शीर्षकहरू समावेश छन् । सरकारी तथ्याङ्क अनुसार सामाजिक सुरक्षा भत्ता लिने नेपालीहरूको संख्या ३६ लाखमाथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप