प्रदेश बजेट
कर्णालीलाई सवा १६ अर्ब बजेट
मङ्गलबार, १६ जेठ २०८०, १८ : २७
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि संघबाट १६ अर्ब २७ करोड ३९ लाख बजेट प्राप्त गरेको छ ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेट तथा कार्यक्रमअन्तर्गत कर्णालीलाई उक्त रकम विनियोजन गरिएको हो ।
वित्तीय हस्तान्तरणअन्तर्गत यो रकम विगतका तुलनामा कम हो । यसमा चालुतर्फ ११ अर्ब ८८ करोड १७ लाख र पुँजीगततर्फ ४ अर्ब ३९ करोड २२ लाख रकम विनियोजन गरिएको छ ।
यस्तै, समानीकरण अनुदानतर्फ १० अर्ब १६ करोड ४१ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ७५ करोड ३ लाख, विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख बजेट रहेको छ । यस्तै पुँजीगत प्रकृतिको समपूरक अनुदानतर्फ ७६ करोड १६ लाख बजेट कर्णालीले पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण