अमेरिकी राजदूतद्वारा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण
मङ्गलबार, १६ जेठ २०८०, २१ : १८
काठमाडौँ । नेपालका लागि अमेरिकाका महामहिम राजदूत डीन रिचार्ड थोम्पसनले श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन् । भ्रमणका दौरान उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि संचालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमहरुको बारेमा जानकारी लिएको नेपाली सेनाले जानकारी दिएको छ ।
तालिम केन्द्रमा विभिन्न प्रकारका तालिमहरूको संचालन लगायत उक्त तालिम केन्द्रको स्तरोन्नतिमा संयुक्त राष्ट्र संघ तथा अन्य मित्रराष्ट्रहरू जस्तै संयुक्त राज्य अमेरिकी सरकारबाट समेत सहयोग प्राप्त हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण