सामान्य राहदानीमार्फत अमेरिका पुगे राहुल गान्धी, लोकतन्त्रको पक्षमा माहौल बनाउने
नयाँ दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धी अमेरिकाको तीन सहरको भ्रमणका लागि सान फ्रान्सिस्को पुगेका छन् । भ्रमणको क्रममा उनले भारतीय समुदायका मानिसहरू र अमेरिकी सांसदहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
राहुल गान्धीलाई एयरपोर्टमा इन्डियन ओभरसीज कंग्रेसका अध्यक्ष साम पित्रोडा र सङ्गठनका अन्य सदस्यहरूले स्वागत गरेका थिए। राहुलले सान फ्रान्सिस्कोको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्ने सम्भावना रहेको छ।
त्यसपछि उनले वासिङ्टनमा पत्रकार सम्मेलन गर्नुका साथै सांसद तथा संस्थासँग आबद्ध व्यक्तिसँग भेटघाट गर्नेछन् । उनले जुन ४ मा न्युयोर्कमा सार्वजनिक कार्यक्रम गरेर आफ्नो भ्रमणको समापन गर्ने कार्यक्रम छ । वार्ता न्यूयोर्कको जाभिट्स सेन्टरमा हुनेछ।
गान्धीको भ्रमण ‘साझा मूल्य र वास्तविक लोकतन्त्र’ को दृष्टिकोणलाई बढावा दिनको लागि भएको काँग्रेस नेताहरुले बताएका छन् ।
गत आइतबार अमेरिका यात्राको लागि नयाँ सामान्य राहदानी जारी गरिएको थियो। कांग्रेसका पूर्व अध्यक्ष गान्धीले सांसदका रूपमा जारी गरेको कूटनीतिक राहदानी बुझाए पछि उनले सामान्य राहदानीका लागि निवेदन दिएका थिए ।
गत महिना गान्धीलाई गुजरातको सुरतको अदालतले आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरेपछि सांसदको रूपमा अयोग्य घोषित गरेको थियो। त्यसपछि राहुलले कूटनीतिक यात्रा कागजात फिर्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण