लेखा समितिमा १२१ उजुरी विचाराधीन : समितिले जुनसुकै बेला पुराना फाइल खोल्न सक्ने
काठमाडौँ । संघीय संसद् अन्तर्गत रहेको सार्वजनिक लेखा समितिका सभापति अर्जुननरसिंह केसीले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताएका छन् । बुधबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले समितिको हालसम्म १२१ वटा उजुरी विचाराधीन रहेको जानकारी गराउँदै सो बारेमा अध्ययन गर्न सांसदहरूलाई आग्रह गरेका हुन् ।
समितिका ज्येष्ठ सदस्यका रूपमा सभापति रहेका केसीले भने –‘१२१ वटा सबै फाइलहरू माननीय सदस्यहरूले पढ्नुस् । हामीलाई कसैले रोकेर रोक्न नसक्ने अधिकार हुँदा पनि हामीलाई रोक्न खोज्ने कुराप्रति हाम्रो आपत्ति छ । १२१ वटा फाइल सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकता अनुसार छलफलका लागि प्रस्ताव गर्नुस् ।’
उनले समितिमा स्वतन्त्रतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न सत्तापक्ष, प्रतिपक्ष नभई काम गर्न निर्देशन समेत दिएका छन् । समितिमा २०७६ सालदेखिका उजुरीहरू विचाराधीन रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण