सुनले ढाकेको भाइरल फोटोमा ओलीको कटाक्ष : त्यति सुन म बोक्न पनि सक्दिनँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनले ढाकेको आफ्नो भाइरल फोटोको कटाक्ष गरेका छन् । बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले फोटोमा सुनैसुन लगाएको बनाएर सामाजिक सञ्जालमा आएकोमा कटाक्ष गरेका हुन् ।
‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका बोकी नसक्नु ! त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा आमाले सानैमा दिएको औंठी चार दिनजति लगाएँ,’ओलीले भने, ‘आमाले दिएको त्यो औँठी लाएपछि आमा पटक पटक सम्झने र हडबड भएपछि तीन चार दिनपनि लगाउन सकिनँ । पछि त्यसबाहेक एउटा साथीले दिएको एकदिन जति लगाएँ । यति साहे झुट, यत्रो मेहनत गरेर कस्तो घटिया नियत होला ?’
अध्यक्ष ओलीले नेपालमा छाडापन र विकृति बढ्दो रहेको बताए । शिक्षित मानिसहरु नै छाडा र विकृति भित्र्याउन लागिपरेको उनले बताए ।
‘हाम्रो देश विचित्रको स्थितिमा पुगेको छ । दुनियाँमा छाडापन हेर्नपर्छ भने यहीँ देशमा देखिन्छ । नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा छैन कि जस्तो लाग्छ’, अध्यक्ष ओलीले भने, ‘युट्युब खोलेर हेरिसक्नु छैन । खोल्यो भने कुनामा गएर हेर्नुपर्ने हुन्छ ।’
उनले सभ्यताको सुरुवात भएको नेपाल धर्तीमा विकृति थुपारेर नेपालको संस्कृतिमाथि नै प्रहार भएको बताए ।
कलाकार जीवन थापा लगायतका ७० भन्दा बढी कलाकर्मीहरु एमाले प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष ओलीले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म