बनाउने भन्दा देश बिगार्न प्रेरित गर्ने तत्त्वहरू सशक्त छन् : ओली
बुधबार, १७ जेठ २०८०, १५ : ४१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल देश बनाउनेभन्दा बिगार्न प्रेरित गर्ने तत्त्वहरू बढी सशक्त रहेको बताएका छन् ।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश बिगार्ने, समाज भड्काउने र युवाहरुलाई टुनामुना गरेर भेद्ने तत्त्वहरू धेरै सशक्त रहेकाले सचेत हुनुपर्ने बताएका हुन् ।
‘हाम्रोमा देश बनाउने भन्दा बिगार्न प्रेरित गर्ने तत्त्वहरू धेरै सशक्त छन् । भड्काउने तत्त्वहरू सशक्त छन्, उनीहरुले युथहरुलाई टुनामुना गरेर भेदिरहेका छन्’, अध्यक्ष ओलीले भने, ‘भेदेर मानसिक बिमारी बनाइरहेका छन् । त्यो भेद हामीले निकाल्नुपर्छ ।’
उनले एमालेले कलाकार र युवा शक्तिलाई दुरुपयोग गर्ने नभई सुन्दर देश बनाउने काममा परिचालन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण