महिला कुस्ती खेलाडीमाथि सम्मानजनक व्यवहार गर्न आईओसीको माग
काठमाडौँ । भारतमा महिला कुस्ती खेलाडीमाथि भइरहेको खराब व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले गहिरो चासो व्यक्त गरेको छ । आफूहरूले न्याय पाउनु पर्ने माग राखी लामो समयदेखि भारतका कुस्ती खेलाडीले प्रदर्शन गर्दै आएका छन् ।
प्रहरीले प्रदर्शनमा ओर्लिएका कुस्ती खेलाडीमाथि बल प्रयोग गर्ने र पक्राउ गर्नेजस्ता कार्य गर्दै आएका छन् । प्रदर्शनमा ओर्लिएका खेलाडीहरूले भारतीय कुस्ती संघका प्रमुख बृजभुषण शरण सिंहले महिला खेलाडीमाथि यौन दूब्र्यवहार गरेको आरोप लगाएका छन् ।
खेलाडीहरूले यौन दूब्र्यवहार सम्बन्धी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । प्रदर्शनकारी कुस्ती खेलाडीहरु नयाँ संसदभवनतर्फ अगाडि बढेपछि गत आइतबार प्रहरीले उनीहरुलाई हिरासतमा लिएको थियो ।
प्रदर्शनमा ओर्लिएका खेलाडीहरूले यौन दूब्र्यवहारको घटनामा संलग्न कुस्ती संघका अध्यक्ष सिंहविरुद्घ उजुरी दर्ता गरिनुपर्ने र कानुनी कारबाही अगाडि बढाइनुपर्ने माग राखेका छन् । सिंह सत्तारुढ दल भारतीय जनता पार्टीको तर्फबाट सांसद पनि हुन् ।
सिंहले भने आफूमाथि लगाइएको आरोप निराधार भएको बताउँदै आएका छन् । उनले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी पनि गरेका छन् । उनले आफू दोषी प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन् ।
प्रदर्शनका क्रममा ओलम्पिक पदकधारी खेलाडी साक्षी मलिक र बजरंग पुनियासँगै दुई पटकको विश्व च्याम्पियन विनेष फोगतलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई केही समयपछि रिहा गरिएको थियो । प्रहरीले दंगा गरेको अभियोगमा खेलाडीहरुविरुद्घ उजुरी पनि दर्ता गरेको थियो ।
खेलाडीहरुमाथि गरिएको व्यवहार र पक्राउको विषयलाई लिएर खेलसँग सम्बन्धित विभिन्न संघसंस्थाले पनि विरोध जनाउँदै आएका छन् । घटनाको विषयलाई लिएर विपक्षी दलहरुले पनि सरकारको चर्को आलोचना गरेका छन् ।
सोही विषयलाई लिएर मंगलबार आईओसीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आईओसीले खेलाडीमाथि सम्मानजनक व्यवहार गर्न माग गरेको छ । आईओसीले अन्तर्राष्ट्रिय कुस्ती महासंघसँग पनि यस विषयमा कुराकानी भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण