सिके राउतले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् । अध्यक्ष राउतले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति रामचन्द्र पौडेलको सो कार्यको स्वागत गरेका हुन् । उनले नागरिकता विधेयक प्रमाणीकरणबाट लामो समयदेखि नागरिकताविहिन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा खुसी समेत व्यक्त गरेका छन् ।
नागरिकताको माग गर्दै भएको आन्दोलनका कारण ज्यान गुमाउनु परेकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राउतले त्यसका लागि आन्दोलन गरेका आन्दोलनकारीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।
त्यस्तै उनले रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयको पनि स्वागत गरेका छन् । मधेस–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जेलमा राखिएका चौधरीलाई आममाफी दिएकोमा राष्ट्रपति पौडेललाई पनि राउतले धन्यवाद दिएका छन् । उनले टिकापुर घटनामा मुछिएर जेल जीवन बिताइरहेका अन्य निर्दोष आन्दोलनकारीलाई तत्काल रिहा गर्न समेत माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण