शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउतले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

बुधबार, १७ जेठ २०८०, १७ : ४३
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नागरिकता विधेयक प्रमाणीकरणको  स्वागत गरेका छन् ।  अध्यक्ष राउतले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति रामचन्द्र पौडेलको सो कार्यको स्वागत गरेका हुन् । उनले  नागरिकता विधेयक प्रमाणीकरणबाट लामो समयदेखि नागरिकताविहिन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा खुसी समेत व्यक्त गरेका छन् ।

नागरिकताको माग गर्दै भएको आन्दोलनका कारण ज्यान गुमाउनु परेकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राउतले त्यसका लागि आन्दोलन गरेका आन्दोलनकारीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।

त्यस्तै उनले रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयको पनि स्वागत गरेका छन्  । मधेस–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जेलमा राखिएका चौधरीलाई आममाफी दिएकोमा राष्ट्रपति पौडेललाई पनि राउतले धन्यवाद दिएका छन् । उनले टिकापुर घटनामा मुछिएर जेल जीवन बिताइरहेका अन्य निर्दोष आन्दोलनकारीलाई तत्काल रिहा गर्न समेत माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप