नागरिकता विधेयक प्रमाणीकरण : मधेस प्रदेशको प्रदेशसभा बैठकमा राष्ट्रपतिलाई धन्यवादको ओइरो
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको ओइरो लागेको छ । बुधबार राष्ट्रपति पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि खुशी व्यक्त गर्दै उनलाई मधेसका अधिकांश सांसदहरुले धन्यवाद दिएका छन् ।
मधेस प्रदेशको लागि लडाईकै विषय रहेको नागरिकता विधेयक र त्यो विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गरी मधेसका जनताका लागि न्याय गर्नुभएको छ । विशेष गरी महिलाहरुको अझ बढी समस्या थियो । त्यसैले, सम्मानीय राष्ट्रपति ज्यूलाई धन्यवाद र आभार व्यक्त गर्न चाहन्छौ । बैठकमा धेरैले यस्तै अभिव्यक्ति दिदै राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।
बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रपतिलाई धन्यवाद दिएरै आफ्नो भनाई टुंग्याएका थिए । यसअघि संघीय संसद्बाट दुई पटक पारित भएर पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसबेला प्रमाणीकरण नगरेर रोकिदिएको नागरिकता विधेयक प्रमाणीकरण भएपछि मधेसमा उनलाई सबैले धन्यवाद दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण