कोशी प्रदेशको नामकरण : शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न व्यवसायीहरूको अपिल
मोरङ । मोरङका व्यवसायीहरूले प्रदेशको नामकरणका सम्बन्धमा चित्त नबुझेमा संवैधानिक एवम् रचनात्मक र शान्तिपूर्ण माध्यमबाट सम्बन्धित पक्ष समक्ष आफ्नो असन्तुष्टि राख्न र समाधान खोज्न अपिल गरेका छन् ।
कोशी प्रदेश नामकरणबाट असन्तुष्ट भएका पक्षहरूको विराटनगर केन्द्रित चरणबद्ध आन्दोलनले आम सर्वसाधारण लगायत पेसा, व्यवसाय, विद्यार्थी जीविकोपार्जन गर्दै आएका व्यक्ति, तिनमा आश्रित परिवार एवम् आम जनता र दैनिकीमा परेको प्रभाव प्रति उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो निर्वाचन पश्चात् बहुसङ्ख्यक राजनीतिक दलहरूको साझा सहमतिमा नेपालको संविधान २०७२ अनुसार पूर्ण प्रजातान्त्रिक पद्धति अनुसार दुई तिहाइ भन्दा अत्यधिक बहुमत (प्रदेश सभाका ९२ प्रतिशत) साथ कोशी प्रदेश नामकरण गर्न सफल हुनु भएकोमा हाल कोशी प्रदेश नामकरणबाट असन्तुष्ट भएका पक्षहरूको विराटनगर केन्द्रित चरणबद्ध आन्दोलनले आम जनता र दैनिकीमा परेको प्रभाव प्रति हामी आन्दोलनरत र सरकार पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल
-
जलश्रोतको विषयमा पर्याप्त राष्ट्रिय बहस भएन : कमल थापा
-
स्थानीय तह उपनिर्वाचनले दुई दलीय व्यवस्थामा लैजाने कांग्रेस र एमालेको योजना असफल बनायो : माओवादी केन्द्र
-
प्रभु साहको दाबी : ओलीले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सक्दैनन्
-
संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यकः सभामुख घिमिरे
-
माओवादीको केन्द्रीय समिति बैठक सर्यो