मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युतीय ट्याक्सी एक्सप्रेस टीमा जिपिस प्रविधि

बुधबार, १७ जेठ २०८०, २१ : ०२
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकहरूमा प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी गुड्न थालेको पनि एक महिना पूरा भइसकेको छ ।  

टाटा मोटर्स को यस प्रिमियम विद्युतीय ट्याक्सी मा सिप्रदीले लोकोन्यावको जिपिस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ । एक्सप्रेस-टिका प्रिमियम विद्युतीय ट्याक्सी धनीहरूले अब आफ्नो मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्नेछन् ।

विद्युतीय ट्याक्सी को फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एप बाट सजिलै हेर्न पाउनेछन् । नयाँ प्रविधि का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेस रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप