शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
बहस : विश्वविद्यालय कि प्रतिष्ठान

विश्वविद्यालयलाई सय शय्याको अस्पतालमा घटुवा गरेपछि सुदूरपश्चिमवासी ‘फायर’

शङ्काको घेरामा सांसद बलायर
बिहीबार, १८ जेठ २०८०, ०७ : ४८
बिहीबार, १८ जेठ २०८०

धनगढी । कैलालीको गेटामा सुरुवाती चरणमा मेडिकल कलेज बनाउने भनेर भौतिक संरचना बनाइयो । संरचना पनि तयार भयो । तर नानाथरीको प्रारुप खडा गरी दुविधा उत्पन्न गराइएपछि हाल अन्योलसँगै आक्रोश पैदा भएको छ ।

गत माघ २९ गते प्रधामन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गर्यो । सो निर्णयको सुदूरपश्चिमबासीले स्वागत गरे । तर, त्यही निर्णय हालैको बजेट भाषणको क्रममा नपरेपछि सरकारको चर्को आलोचना भइरहेको छ ।

उसो त सरकारको बजेट भाषणमा प्रतिष्ठान चलाउन बजेटको व्यवस्था गरिने कुरा उल्लेख छ। तर गेटामा ६ सय शय्याको अस्पताल चलाउन भौतिक पूर्वाधार तयार भए पनि सय शय्याको अस्पताल चलाउन बजेट आउने भएको छ। 

यसरी गेटामा विश्वविद्यालय चलाउने निर्णयबाट सरकारपछि हटेको भन्दैसरकार र सुदूरपश्चिमका सांसदहरूको आलोचना हुन थालेको हो।  अर्थशास्त्री एवं प्राध्यापक खेमराज पन्तले भने, ‘गेटामा ६ सय शय्याको अस्पताल नचलाउने भनेको प्रतिष्ठान बनाएर प्रदेश मातहत ल्याउने प्रपञ्च हो। प्रदेश मातहत ल्याउँदा समग्र सुदूपश्चिमलाई धोका हुन्छ।

किनभने, सुदूरपश्चिमको स्वास्थ्यको पूरै बजेट हाल्दा पनि प्रतिष्ठान राम्रोसँग चल्न सक्दैन।’ प्रदेशको स्वास्थ्यको पूरै बजेट गेटामा हाले अन्य जिल्लामा के दिन्छन् ?उनको सोधाई छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गरे सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइ कोशेढुंगा सावित हुने आशा गरिएको छ । तर सरकारको बजेट भाषणले यहाँ निराशा छाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत फागुन १ मा भएको सुदूरपश्चिम भ्रमणमा पनि गेटामा विश्वविद्यालय हुने बताएका थिए। तर, बजेटमा भने प्रतिष्ठान सञ्चालन गर्ने कुराले आश्चर्यमा पारेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेटको बुँदा नम्बर २४२ मा उल्लेख छ, ‘गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ।’ 

साथै,गेटा अस्पताललाई सय सय शय्याको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको अर्थमन्त्रीले उल्लेख गरेका छन्। जबकि वर्तमान सरकारले २०७९ माघ २९ मा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत फागुन १ मा भएको सुदूरपश्चिम भ्रमणमा पनि गेटामा विश्वविद्यालय हुने बताएका थिए। तर, बजेटमा भने प्रतिष्ठान सञ्चालन गर्ने कुराले आश्चर्यमा पारेको हो । सरकारले आफैंले गरेको नीतिगत निर्णय विपरीत बजेटमा कुरा आउनु गलत रहेको र यो कुराको बिरोध गरिने पूर्व सांसद डा. दिपकप्रकाश भट्टले बताए ।

उनले भने, ‘सरकारले माघ ३० गते नीतिगत निर्णय गरेर गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न तयार भएको हो । प्रधानमन्त्रीले आफैंले गरेको निर्णय र सुदूरपश्चिमको मागभन्दा फरक तरिकाले प्रतिष्ठान चलाउने कुरा मान्य छैन। यसको बिरोध गर्नुपर्छ।’

त्यस्तै, गेटामा विश्वविद्यालय चलाउने भनेर प्रतिष्ठान चलाउन खोज्नु धोका भएको स्थानीय युवा नेता लोकराज पाण्डेयको आपत्ति छ ।  उनले भने, ‘गेटामा सुदूरपश्चिमवासीमाथि धोका हुँदैछ। विश्वविद्यालयभन्दा अर्को कुरा हामीलाई मान्य हुँदैन। सुदूरपश्चिम अहिले नेता नै नभएको जस्तो भयो । कुनै पनि बहानामा विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटे मान्य हुन्न। अब आन्दोलन गर्नुपर्छ।’

Geta1

सरकारले गेटामा भवन निर्माण गर्न करिब ६ अर्ब खर्च गरेको छ । गेटामा ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने पूर्वाधार निर्माण भएका छन् । बजेट भाषणमा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने बताएको सरकारले प्रतिष्ठान चलाउन कम्तिमा २वर्षसम्म २ सय शय्याको अस्पताल चलाउनुपर्ने कुराको हेक्का राखेको छैन। प्रतिष्ठान नै चलाउने मनसाय भए २ सय शय्याको अस्पताल चलाउने कुरा बजेट व्यक्तव्यमा आउनुपर्ने हो। 

सरकारले २०७८ चैतमा गेटामा २ सय सय शय्याको अस्पताल तत्काल चलाउने निर्णय गरेको थियो ।सोहीअनुसार २०७९ २ सय शय्याको अस्पताल चलाउन सरकारले डा प्रमोद जोशीलाई निर्देशकको जिम्मेवारी दिएको थियो । तर अहिलेबेवास्ता गरेरकेवल सय शय्यामा अस्पताल चलाउन बजेट दिने कुरा गरिएको छ।

सांसद बलायरको भूमिका शंकास्पद

Bir bahadur balayar
विश्वविद्यालय बन्न नदिनेमा कैलाली क्षेत्र नं. ४ का सांसद वीरबहादुर बलायरको भूमिका नै शंकास्पद देखिएको छ । उनले जेठ १ गते प्रतिनिधि सभाको शून्य समयमा बोल्दै मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा अचम्मलाग्दो भएको बताएका थिए ।उनकै निर्वाचन क्षेत्रमा बन्न लागेको विश्वविद्यालयप्रति नकारात्मक टिप्पणी गरेपछि उनीमाथि प्रश्न चिन्ह खडा गरेको छ ।

उनले भनेका थिए, ‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौ धौ परिरहेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो, मेडिकल विश्वविद्यालय खोल्ने ? वडा अचम्म छ ! मेडिकल विश्वविश्वद्यालय खोलेर चलाउने के नेपालको अहिले सामर्थ्य छ ? त्यसैले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ ।’

आन्दोलन चर्काउने चेतावनी
यसैबीच, सरकारी कदमको विरुद्ध तथागेटा मेडिकल विश्वविद्यालय स्थापनाको लागिसंघर्ष समिति नै गठन गरी आन्दोलन गर्ने तयारी गरिएको छ । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डेको अध्यक्षतामा मंगलबार अत्तरियामा बसेको बैठकले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आन्दोलन गर्ने निर्णय गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप