बागमती प्रदेशसभा बैठक बस्दै, शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम पास गर्ने तयारी
मकवानपुर । बागमती प्रदेशसभा बैठक बिहीबार बस्दैछ । बुधबारबाट सुरु भएको प्रदेश सरकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो ।
बैठक बिहान १०:३० बजे बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसदहरू आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार सरकारको नीति तथा कार्यक्रम शुक्रबार बस्ने बैठकमा पास गर्ने तयारी रहेको छ ।
शुक्रबारको बैठकमा दलीय हैसियतमा सांसदहरूले उठाएका विषय र प्रश्नमा सरकारको तर्फबाट मुख्यमन्त्रीले जवाफ दिनेछन् र नीति तथा कार्यक्रमलाई निर्णायार्थ संसद्मा पेश गरिनेछ ।
प्रदेशसभाको गत जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । उक्त बैठकमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण