महिला क्रिकेटमा मलेसियालाई हराउँदै नेपालले २-१ को अग्रता लियो
काठमाडौं । महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले पाँच खेलको शृंखलामा २—१ को अग्रता पनि हासिल गरेको छ । पाँच खेलको क्रिकेट शृंखला खेल्न नेपाली टोली हाल मलेसिया भ्रमणमा छ । तेस्रो खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि कप्तान रुविना क्षेत्री बेल्वासीले सर्वाधिक २७ रन बनाइन् । पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रुविनाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । ज्योति पाण्डेले पनि टोलीका लागि २३ रनको योगदान गरिन् । उनले २४ बलको सामना गरी तीन चौका हिर्काएकी थिइन् । ओपनर सीता रानामगरले ३५ बलको सामना गरी २१ रन जोडिन् । ईन्दू बर्माले ३० बलमा २० रन बनाइन् ।
ओपनर कविता कुँवर दुई रनमा पेभेलियन फर्किइन् । बिन्दू रावलले अविजित तीन र कविता जोशीले अविजित एक रन जोडे । नेपालले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । मलेसियाकी बलर निक नुर अतिएलाले दुई तथा आइसा एलिसा र विनिफ्रेड एनले एक÷एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको मलेसियाका लागि माहिराह इजाती ईस्माइलले उत्कृष्ट ब्याटिङ गरिन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी उनले अविजित ४४ रन बनाइन् । उनले ५४ बलको सामना गरी ६ वटा चौका प्रहार गरिन् ।
यसदेखि वाहेक ओपनर विनिफ्रेड एनले मात्र मलेसियाका लागि दोहोरो सख्यामा रन बनाउन सकिन् । उनी २० रन बनाउँदै पेभेलियन फर्किएकी थिइन् । उनले ३८ बलको सामना गरी एक चौका प्रहार गरेकी थिइन् । मलेसियाका अन्य खेलाडीले दोहोरो सँख्यामा रन बनाउन सकेनन् । आइना नजवा अब्दुल रहमान नौ रनमा अविजित रहिन् । नेपाली टोलीका बलर कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले एक÷एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण