प्रेम अनि विवाद : युवकद्वारा प्रेमिकासहित दुईको हत्या
बिहीबार, १८ जेठ २०८०, १२ : ३३
बुटवल । कपिलवस्तुमा एक युवकले दुई जनाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका- ६ बस्ने २२ वर्षीया अञ्जनी थारु र उनका काका ७० बर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर घाइने भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।
चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन् ।
प्रहरीका अनुसार मोहन र अञ्जनीबीच प्रेम सम्बन्ध थियो । दुबैबीच केही समययता विवाद बढेपछि अञ्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन् । सोही विषयमा बदला लिन मोहन आज बिहान आफ्नो घरबाट मटेरिया पुगेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण