शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम अनि विवाद : युवकद्वारा प्रेमिकासहित दुईको हत्या

बिहीबार, १८ जेठ २०८०, १२ : ३३
बिहीबार, १८ जेठ २०८०

बुटवल ।  कपिलवस्तुमा एक युवकले दुई जनाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका- ६ बस्ने २२ वर्षीया अञ्जनी थारु र उनका काका ७० बर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

चक्कु प्रहारबाट गम्भीर घाइने भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।
चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन् । 

प्रहरीका अनुसार मोहन र अञ्जनीबीच प्रेम सम्बन्ध थियो । दुबैबीच केही समययता विवाद बढेपछि अञ्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन् । सोही विषयमा बदला लिन मोहन आज बिहान आफ्नो घरबाट मटेरिया पुगेको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप