भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेर सहमति जनायो : शंकर पोखरेल
बिहीबार, १८ जेठ २०८०, १६ : २४
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौतामा नेपालको चाहनाका विषयहरु सम्बोधन हुन नसकेको बताएका छन् ।
प्रधानमन्त्रीको चार दिने भारत भ्रमणका क्रममा बिहीबार उर्जा तथा पारवहन, डिजिटल कनेक्टीभिटी, पेट्रोलियम पाइप लाइन र क्रस बार्डर ट्रान्समिसनमा सहमति भएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेर सहमति जनाएको दावी गरेका छन् ।
‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो । तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवसता !’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण