संसदको रेकर्ड हटाउन लगाएर दलका नेता राजा बन्न खोजे : अजयबाबु शिवाकोटी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसदले संसदमा दिएको अभिब्यक्तिलाई रेकर्डबाट हटाउनु ठूलो भुल भएको बताएका छन् । ट्रेड युनियन कांग्रेस अन्तर्गतको युनिप्रेसले राजधानीमा आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ नामक विचार गोष्ठीमा बोल्दै केन्द्रीय सदस्य शिवाकोटीले राजाको ठाउँमा अनेक राजा भन्ने भाष्य स्थापित गराउन तीन दलका नेताहरु आफैँ लागेको बताए ।
उनले ‘तीन दलका तीन नेता के राजपरिवारका सदस्य हुन् ?’ भनी प्रश्न गर्दै उनीहरुको आचरणमा प्रश्न गर्न किन नपाइने ?,’ भने । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसमेत दुधको साक्षी बिरालो भए झैं चुप बसेको देख्दा आश्चर्यमा परेको उनले बताए ।
शिवाकोटीले देश र पार्टी हितका लागि महामन्त्री गगनकुमार थापाले पदलाई दाउमा राखेर भए पनि अगाडि बढ्ने उद्घोष गरिरहँदा आफूहरु सबैले देश बनाउनका लागि कांग्रेसभित्र रुपान्तरणको मुद्धालाई लिएर जान चाहेको बताए । उनले पार्टीमा वेथितिले चरमसीमा नाघेको संकेत गर्दै नेता कार्यकर्ता र समर्थकको भावना विपरीत चुनावपूर्व गठबन्धन गरेर केही सीमित व्यक्तिले पटक पटक लाभ लिएको र पार्टीकै योगदान गरेका साथीहरुलाई हेरेको हेर्यै पार्न वाध्य बनाएको चर्चा गर्दै यो गलत प्रवृत्तिविरुद्ध लड्नु पर्ने बताए ।
शिवाकोटीले २०८४ सालको चुनावअघि पार्टीमा धेरै उथलपुथल गर्नुपर्ने भन्दै के हामी यसमा तयार छौँ ? भन्दै उपस्थित समुदायलाई प्रश्न गरेका थिए । पार्टी नेतृत्व विधि र विधान विपरीत चलेको, सरकारमा रहेकाहरु जनभावना विपरीत चलेको भन्दै उनले आक्रोश पोखे । त्यस्तै टीकापुर हत्याकाण्डमा नेतृत्व गम्भीर बन्न नसकेको, भष्टाचारमा शून्य सदनशीलता अपनाउन नसकेको, नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको स्पष्ट धारणा नआएको भन्दै दुःख व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण