बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
हेटौँडा । बागमती प्रदेशसभा बैठक आज पनि बस्दैछ । आज बिहान १०ः३० बजेका लागि बैठक आह्वान गरिएको छ । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत जेठ १७ गतेबाट सञ्चालन भएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । उक्त बैठकहरूमा सत्तापक्ष र प्रतिपक्ष गरी ५५ जना प्रदेश सभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिएका थिए । शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्न बारे सरकारका तर्फबाट मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिनेछन् भने त्यस लगत्तै प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारितका लागि निर्णायार्थ पेस गर्नेछन् ।
प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले जेठ १४ गते संसद्बाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण