पर्यटन विकासमा पाटा सम्मेलन बन्ला त सार्थक ?
पोखरा । कोरोना भाइरसले थलिएको नेपालको पर्यटन क्षेत्र अझै तङ्ग्रिन सकेको छैन । पर्यटकको संख्या ह्वात्तै घट्दा अर्थतन्त्र पनि खुम्चिएको छ ।
व्यवसायले गति नलिँदा पर्यटनकर्मीहरु चिन्तितमात्र होइनन्, पलायन नै भएका छन् । पर्यटन क्षेत्रका कतिपय जनशक्ति वैदेशिक रोजगारी तथा अन्य क्षेत्रमा लाग्ने गरेको पनि पाइन्छ ।
यस्तो बेलामा नेपालको पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यले पहिलो पटक ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एडभेन्चर ट्राभल मार्ट चलिरहेको छ । मंगलबारदेखि पोखरामा सुरु भएको यो कार्यक्रम शुक्रबार सकिँदैछ । चार दिने यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई लयमा फर्काउने व्यवसायीहरु बताउँछन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाटा इन्टरनेशनलको वार्षिक सम्मेलनले पोखराको पर्यटनको प्रचार-प्रसारमा ठूलो योगदान पुर्याउने बताए । उनले पोखराको पर्यटन प्रवर्द्धनमा यो सम्मेलन कोसेढुंगा साबित भएको बताए ।
सम्मेलनमा २२ देशका १ सय ६० जना अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी छन् । पर्यटन क्षेत्रलाई उकास्न सम्मेलनले सघाउने पर्यटन व्यवसायीको अपेक्षा छ ।
श्रेष्ठले भने, ‘प्रचार, प्रसार र प्रवर्द्धन बिना पर्यटनको विकास सम्भव छैन । पोखरा, गण्डकी प्रदेश र सिङ्गो नेपालकै समृद्धिको ठूलो आधार भनेकै पर्यटन हो । तसर्थ यस्ता महत्त्वपूर्ण कार्यक्रम नेपालमा आउनु र त्यसमा पनि पोखरामा हुनु विशेष अर्थपूर्ण छ ।’
तेस्रो संस्करणको एडभेन्चर ट्राभल मार्ट मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरेका थिए । पाण्डेले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न एयरलायन्स कम्पनीहरूलाई आग्रह गरेका थिए ।
सम्मेलनमा २२ देशका १ सय ६० जना अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी छन् । पर्यटन क्षेत्रलाई उकास्न सम्मेलनले सघाउने पर्यटन व्यवसायीको अपेक्षा छ ।
सम्मेलनमा साउदी अरेबिया, भारत, पाकिस्तान, अमेरिका, बेलायत, जर्मनी, अष्टे«लिया, नेदरल्याण्ड, स्विटजरल्याण्ड, फिलिपिन्स सिंगापुर, कोरिया, संयुक्त अरब इमिरेट, श्रीलंका, चीन, हङकङ, थाइल्याण्ड, ताइपेई, अजरवैजान, मलेशिया, लगायतका देश र नेपालका गरी २१ देशका प्रतिनिधि सहभागी छन् ।
पाटाका प्रतिनिधिहरुलाई लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतका ठाँउमा अध्ययन अवलोकन तथा भ्रमण गराउने कार्यक्रम रहेको पर्यटन बोडको तयारी रहेको पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक काशीराम भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण