सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी रिटर्नी सेन्टरको भेला जान ५० जिल्लाबाट नाम सिफारिस

शुक्रबार, १९ जेठ २०८०, १२ : ४९
शुक्रबार, १९ जेठ २०८०

काठमाडौं  । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा सहभागी हुन ५० जिल्लाबाट नाम सिफारिस भएको छ । हरेक स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी ५० जिल्लाबाट नाम सिफारिस भई सकेको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर फर्किएकालाई सङ्गठित गर्ने उद्देश्यले माओवादीले रिटर्नी सेन्टर नेपाल भातृ सङ्गठन बनाएर सङ्गठित गर्न लागेको हो । आगामी जेठ २६ गते काठमाडौँमा गरिने राष्ट्रिय भेला सहभागी हुन ५० जिल्लाबाट नामावली सिफारिस भई सकेको रिटर्नी सेन्टरका नेता देवेन्द्र सम्बाहाम्फेले बताए ।

‘पार्टीले ७७ जिल्लामा परिपत्र गरेर हरेक स्थानीय तहबाट वैदेशिक रोजगारीबाट फर्किएकालाई भेलामा जान नाम सिफारिस गरिएको छ । जसमा महानगरबाट ३ जना, उपमहानगरपालिकाबाट २ जना र नगरपालिका÷गाउँपालिकाबाट १ जना प्रतिनिधित्व गरेर आउनुहुने छ’ सम्बाहाम्फेले भने,‘अहिलेसम्म ५० जिल्लाका स्थानीय तहबाट नाम सिफारिस भई सकेको छ । अबको २÷३ दिनमा सबै नामावली आइसक्छ ।’ 

रिटर्नी सेन्टरको भेलामा जान देशैभर उत्साहको वातावरण पाएको साम्बाहाम्फेले बताए । पहिलो पटक हुने राष्ट्रिय भेलालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका छन् । यस भेलाले वैदेशिक रोजगारीबाट फर्किएकालाई नीति निर्माण गर्न सहज हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप