१५ सय मिटर दौडमा किपाइगनको विश्व कीर्तिमान

काठमाडौं । केन्याकी धाविका फेथ किपाइगनले १५ सय मिटर दौडमा नयाँ विश्व कीर्तिमान बनाएकी छन् । २९ वर्षीय किपाइगनले शुक्रबार भएको फ्लोरेन्स डाइमन्ड लिगमा उक्त कीर्तिमान बनाएकी हुन् ।
उनले निर्धारित दूरी तीन मिनेट ४९.११ सेकेन्डमा पूरा गरिन् । यसअघि उक्त कीर्तिमान इथियोपियाकी गेन्जेब डिबाबाको नाममा थियो । उनले सन् २०१५ मा निर्धारित दूरी तीन मिनेट ५०.०७ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् ।
शुक्रबार किपाइगनले ब्रिटेनकी लाउरा मुइरलाई पछि पार्दै स्वर्ण पदक जितिन् । दौडको अन्त्यतिर किपाइगन आफ्नी निकट्तम प्रतिद्वन्द्वीभन्दा करिब १० मिटर पछाडि थिइन् । तर, अन्तिम समयमा आफ्नो गति बढाएकी किपाइगनले ब्रिटेनकी लाउरालाई पछि मात्र पारिनन्, विश्व कीर्तिमान पनि बनाइन् ।
प्रतियोगितामा दोस्रो भएकी लाउराले निर्धारित दूरी पार गर्न तीन मिनेट ५७.०९ सेकेन्ड समय खर्चिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु