१५ सय मिटर दौडमा किपाइगनको विश्व कीर्तिमान
काठमाडौं । केन्याकी धाविका फेथ किपाइगनले १५ सय मिटर दौडमा नयाँ विश्व कीर्तिमान बनाएकी छन् । २९ वर्षीय किपाइगनले शुक्रबार भएको फ्लोरेन्स डाइमन्ड लिगमा उक्त कीर्तिमान बनाएकी हुन् ।
उनले निर्धारित दूरी तीन मिनेट ४९.११ सेकेन्डमा पूरा गरिन् । यसअघि उक्त कीर्तिमान इथियोपियाकी गेन्जेब डिबाबाको नाममा थियो । उनले सन् २०१५ मा निर्धारित दूरी तीन मिनेट ५०.०७ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् ।
शुक्रबार किपाइगनले ब्रिटेनकी लाउरा मुइरलाई पछि पार्दै स्वर्ण पदक जितिन् । दौडको अन्त्यतिर किपाइगन आफ्नी निकट्तम प्रतिद्वन्द्वीभन्दा करिब १० मिटर पछाडि थिइन् । तर, अन्तिम समयमा आफ्नो गति बढाएकी किपाइगनले ब्रिटेनकी लाउरालाई पछि मात्र पारिनन्, विश्व कीर्तिमान पनि बनाइन् ।
प्रतियोगितामा दोस्रो भएकी लाउराले निर्धारित दूरी पार गर्न तीन मिनेट ५७.०९ सेकेन्ड समय खर्चिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण