नेपालमा विरोधपछि नयाँ संसद्मा राखिएको नक्साबारे भारतले दियो यस्तो जवाफ
नयाँ दिल्ली । भारतीय संसद्मा रहेको अखण्ड भारतको भित्तेचित्रलाई लिएर नेपालबाट उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ । नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ । यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।
आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यो राजनीतिक नक्सा नभएको जिकिर गरे । उनले भने, ‘संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तिचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्ते चित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ।’
नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए । यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले यो चित्रमाथि प्रश्न उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
-
परराष्ट्रमन्त्री खनाल र सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउबिच भेटवार्ता
-
गण्डकीको बजेटः भौतिक र ऊर्जामा आधाभन्दा बढी, चालु वर्ष २ अर्ब खर्च नहुने
-
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
-
कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण