नेपालमा विरोधपछि नयाँ संसद्मा राखिएको नक्साबारे भारतले दियो यस्तो जवाफ

नयाँ दिल्ली । भारतीय संसद्मा रहेको अखण्ड भारतको भित्तेचित्रलाई लिएर नेपालबाट उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ । नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ । यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।
आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यो राजनीतिक नक्सा नभएको जिकिर गरे । उनले भने, ‘संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तिचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्ते चित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ।’
नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए । यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले यो चित्रमाथि प्रश्न उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने