झालाई मनोज स्मृति पत्रकारिता पुरस्कार प्रदान
शनिबार, २० जेठ २०८०, २१ : २४
रौतहट । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। रौतहटमा आयोजित एक समारोहका बीच नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र गरुडा नगरपालिकाका मेयर कन्तमणि जयसवालले संयुक्त रूपमा रासस अध्यक्ष झालाई पुरस्कार प्रदान गरेका थिए।
कोभिड १९ सङ्क्रमणका कारण गत २०७८ साल वैशाख २९ गते पत्रकार मनोज चौधरीको निधन भएको थियो । उनको स्मृतिमा नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा २०७९ सालमा नगद २५ हजार रुपैयाँ राशिसहितको
पुरस्कार स्थापित गरेको शाखा सभापति प्रेमचन्द्र झाले बताए। कार्यक्रममा राससका अध्यक्ष झाले पत्रकारितामा शुद्धीकरण जरुरी रहेको बताउँदै संस्थागत गरिमालाई कायम राख्न आफू अध्यक्ष हुँदा पनि शुद्धीकरण गर्न पहल गरिएको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण