शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झालाई मनोज स्मृति पत्रकारिता पुरस्कार प्रदान

शनिबार, २० जेठ २०८०, २१ : २४
शनिबार, २० जेठ २०८०

रौतहट । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।  रौतहटमा आयोजित एक समारोहका बीच नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र गरुडा नगरपालिकाका मेयर कन्तमणि जयसवालले  संयुक्त रूपमा रासस अध्यक्ष झालाई पुरस्कार प्रदान गरेका थिए। 

कोभिड १९ सङ्क्रमणका कारण गत २०७८ साल वैशाख २९ गते  पत्रकार मनोज चौधरीको निधन भएको थियो । उनको स्मृतिमा नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा २०७९ सालमा  नगद  २५ हजार रुपैयाँ राशिसहितको

पुरस्कार स्थापित गरेको शाखा सभापति प्रेमचन्द्र झाले बताए। कार्यक्रममा राससका अध्यक्ष  झाले पत्रकारितामा शुद्धीकरण जरुरी रहेको बताउँदै संस्थागत गरिमालाई कायम राख्न आफू अध्यक्ष हुँदा पनि शुद्धीकरण गर्न पहल गरिएको जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप