आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : पहाडी भू-भागमा हल्का वर्षा, देशभरको तापक्रम बढ्ने

आइतबार, २१ जेठ २०८०, ०६ : ०५
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप