बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाले आज राजधानीमा धर्ना दिने

आइतबार, २१ जेठ २०८०, ०७ : २२
आइतबार, २१ जेठ २०८०

भक्तपुर । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आज राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।

आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुनेछ । 

यसअघि बैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले  नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौँमा जुलुस र धर्ना गर्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप