बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

यान्त्रिक परीक्षण गरी उपयुक्त सवारी साधनहरूलाई चल्न दिनुपर्ने मजदुर सङ्गठनको माग

आइतबार, २१ जेठ २०८०, ०९ : ३४
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । यान्त्रिक परीक्षण गरी उपयुक्त सवारी साधनहरूलाई चल्नुपर्ने मागसहित बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई मजदुर संगठनहरुले ज्ञापन पत्र बुझाएका छन् । 

मन्त्री लक्ष्मण लम्सालसमक्ष एकीकृत यातायात मजदुर सङ्गठन, स्वरोजगार यातायात मजदुर सङ्गठन नेपालले ज्ञापन पत्र उपयुक्त सवारी साधनहरूलाई चल्न दिनुपर्नेबारे ध्यानाकर्षण गराएको हो ।

नेपालले तेस्रो मूलकबाट ल्याएको फलामको उमेर तोक्नु अवैज्ञानिक हुने मजदुर सङ्गठनको ठहर छ । स्वरोजगार यातायात मजदुर सङ्गठन नेपालका अध्यक्ष खड्ग बहादुर गिरीले विद्युतीय सवारीमा रूपान्तरण गर्ने व्यवस्था गरिनु पर्नेबारे मन्त्री लम्साललाई ध्यानाकर्षण गराएको जानकारी दिए ।

“यान्त्रिक परीक्षणको आधारमा गाडी चल्न दिने व्यवस्था गर्नुपर्छ, विदेशबाट फर्किएका, उमेर पाको भएका साथीहरूले यो क्षेत्रमा लगानी गर्नुभएको छ, सरकारले श्रमिकहरूको हकमा विशेष व्यवस्था गर्नुपर्छ, त्यसको लागि अनुदान दिनुपर्छ”,गिरीले भने,“सरोकारवाला सम्मिलित कार्यदल निर्माण गरी तत्काल काम थाल्नुपर्ने सुझाव दिएका छौँ ।”

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत जेठ ७ गते आइतबार २० वर्ष नाघेका सार्वजनिक सवारी साधन बन्द गर्ने सूचना सार्वजनिक गरेको थियो ।

यी हुन् दुई मजदुर सङ्गठनले अघि सारेका माग

१, बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले २०८० जेठ ७ गते आइतबार २० वर्ष नाघेका सार्वजनिक सवारी साधन बन्द गर्ने सूचना तत्काल स्थगित गरी वार्ता तथा संवाद द्वारा समस्या समाधान गरिनुपर्ने

२,सरोकारवाला सम्मिलित कार्यदल निर्माण गरी तत्काल काम थाल्नुपर्ने

३, बागमती प्रदेशको आवश्यक कानुन संशोधन गर्न पहल गर्नुपर्ने

४,सङ्घीय सरकारलाई कानुन संशोधन गरी सार्वजनिक यातायातमा मात्र लगाइएको अव्यवहारिक २० वर्षे नीति हटाइ यान्त्रिक परीक्षणको आधारमा गाडी चल्न दिने व्यवस्था गर्न अनुरोध गर्ने

५,सार्वजनिक सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न आवश्यक छलफल गरी निष्कर्षमा पुग्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप