विवादमा नागरिकता विधेयक
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध राजधानीमा जुलुस र धर्ना (तस्बिरहरु)
आइतबार, २१ जेठ २०८०, ११ : ०६
१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा आइतबार राजधानीमा जुलुस र धर्ना भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुलुस र धर्ना कार्यक्रम गरेको हो ।
बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा नजिक धर्ना गरिएको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन भएको थियो ।
नागरिकता विधेयक प्रमाणीकरण विवादमा तानिएको छ भने यस विषयमा सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता भएको छ ।
सो क्रममा सीमा अतिक्रमण, भ्रष्टाचारलगायत विरुद्ध पनि सहभागीले प्लेकार्ड बोकेका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण