बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति नेमकिपाको विरोध प्रदर्शन

आइतबार, २१ जेठ २०८०, ११ : ५०
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा काठमाडौँमा प्रदर्शन गरेको छ । 

आइतबार पार्टीका सङ्गठनका नेता, कार्यकर्ताहरू भेला भई जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरीत भएको भन्दै विरोध प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शन काठमाडौँको कोटेश्वरदेखि संसद् भवनसम्म भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप