प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी निष्क्रिय विधेयक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठक स्थगित गरेका छन् ।
आइतबार बसेको बैठकको सुरुवातमै एमाले, रास्ववा, राप्रपाका साम्सदहरुलेले उठेर बैटक अवरुद्ध गरेका थिए ।
बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संविधान पालना नगर्ने गरी संविधानलाई मिचेर अघि बढ्ने, राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्ने काम सरकारको तर्फबाट भइरहेको बताउँदै राष्ट्रपतिले प्रमाणिकरण गरेको निष्क्रिय बिधेयक रद्ध गर्न माग गरे । उनले एक साताभित्र नयाँ विधेयक संसदमा दर्ता गरेर संवैधानिक बाटोबाट पारित गर्न माग गरे ।
जेठ १२ गते मन्त्रीपरिषदले निर्णय गरेर राष्ट्रपतिलाई पत्र लेखेर पठाएको र राष्ट्रपतिले पुरानो फाइल खोजेर किर्ते गरी असंवैधानिक काम गरेको एमालेको आरोप छ ।
लगातारको आग्रह पछि पनि विपक्षी सानंसद्हरुले नाराबाजी गरिनै रहेपछि सभामुख घिमिरेले एक घण्टाको लागि बैठक स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण