नीति तथा कार्यक्रमबारे विपक्षी दलको प्रतिक्रिया : विगतकै निरन्तरता !
सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख तिलक परियारले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले नयाँ ल्याएको नीति तथा कार्यक्रमबारे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने पुरानैको निरन्तरता भएको बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको बताए ।
उनले यो नीति, कार्यक्रमले आगामी वर्षको बजेटले सुनिश्चितता गर्न नसक्ने बताए । रातोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अनुत्पादन र चालू प्रकृतिका खर्च कटौती गर्ने खालका कार्यक्रमहरू आएका छैनन् । पुँजीगत खर्च बढाउन सकिरहेको अवस्था छैन, सबै तरिकाले हेर्दा खेरी घोषणा गरिएका कार्यक्रम असजिलो, असहज तरिकाले आए ।’
कार्यक्रम कार्यान्वयनमा समेत सहज नहुने पछाईको तर्क छ । उनका अनुसार नयाँ भनेको एउटा बैङ्क स्थापना, १० हजारलाई रोजगारी दिने र प्रदेश प्रमुख सामाजिक रूपान्तरण कार्यक्रम मात्र रहेका छन् । त्यसबाहेक नयाँ र आशा लाग्दो तरिकाले नीति तथा कार्यक्रम नआएको उनको भनाई छ ।
साथै उनले मुख्यमन्त्रीलाई फोकस गरेर नीति तथा कार्यक्रम ल्याइएको आरोप पनि लगाए । ‘देशको आर्थिक अवस्था कमजोर र असहज परिस्थितिमा बैङ्क स्थापनाको स्थापना कति जायज हो,’ उनले भने, ‘१० हजारलाई रोजगारी भनिएको छ, त्यसका लागि प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा शङ्का पैदा गरिदिएको छ, विशेषगरी मुख्यमन्त्रीलाई फोकस गरिएको छ भने मुख्यमन्त्री कार्यक्रम भनेर कार्यकर्तालाई पोस्ने तरिकाले ल्याइको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण