शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एचएचसीए र बीएमसीए क्वार्टरफाइनलमा

आइतबार, २१ जेठ २०८०, २१ : १६
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रातर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको  छ । बीएमसीएले जुगललाई १९–१५ अंकले पराजित ग¥यो । बीएमसीएकी बीना वाइबाले सात अंक जोडिन् ।

सोही स्पर्धामा एचएचसीएले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३६–३० अंकले हराउँदै क्वार्टरफाइनलमा स्थान बनयो । एचएचसीएकी शर्मिला बानियाँले १० स्कोर गरिन् ।

सिनियर छात्रतर्फ ईबीएले सेवा सदनलाई २४–१७, हिमालयन किङडमले हिमालयन बोर्डिङलाई ३८–२२, युनिभर्सिटीले ह्वाइट माउन्टेनलाई ३०–२४ तथा जुगलले हेराल्डलाई १७–१५ अंकले पाखा लगाए । ईबीएका सोहन भण्डारीले नौ, हिमालयन किङडमका छेवाङ लामाले २१, युनिभर्सिटीका सक्षम ठकुरीले १२ र जुगलका रमन थापा मगरले नौ अंक जोडे ।

बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको जुनियर छात्रतर्फ एन्जल्स हार्ट र गोल्डेनपिकले सफलता हात पारे । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २८–२३ र गोल्डेनपिकले सेन्ट जोसेफलाई ३२–२५ अंकले पन्छाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप