एचएचसीए र बीएमसीए क्वार्टरफाइनलमा
काठमाडौँ । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रातर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बीएमसीएले जुगललाई १९–१५ अंकले पराजित ग¥यो । बीएमसीएकी बीना वाइबाले सात अंक जोडिन् ।
सोही स्पर्धामा एचएचसीएले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३६–३० अंकले हराउँदै क्वार्टरफाइनलमा स्थान बनयो । एचएचसीएकी शर्मिला बानियाँले १० स्कोर गरिन् ।
सिनियर छात्रतर्फ ईबीएले सेवा सदनलाई २४–१७, हिमालयन किङडमले हिमालयन बोर्डिङलाई ३८–२२, युनिभर्सिटीले ह्वाइट माउन्टेनलाई ३०–२४ तथा जुगलले हेराल्डलाई १७–१५ अंकले पाखा लगाए । ईबीएका सोहन भण्डारीले नौ, हिमालयन किङडमका छेवाङ लामाले २१, युनिभर्सिटीका सक्षम ठकुरीले १२ र जुगलका रमन थापा मगरले नौ अंक जोडे ।
बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको जुनियर छात्रतर्फ एन्जल्स हार्ट र गोल्डेनपिकले सफलता हात पारे । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २८–२३ र गोल्डेनपिकले सेन्ट जोसेफलाई ३२–२५ अंकले पन्छाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण