आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ रक्षामन्त्रीले अमेरिकासँग युद्ध भए के होला भनेर बताए

सोमबार, २२ जेठ २०८०, ०९ : ४७
सोमबार, २२ जेठ २०८०

चीनका रक्षामन्त्री ली साङ्फुले पदभार सम्हालेपछि आफ्नो पहिलो प्रमुख भाषणमा अमेरिकासँग युद्धको उल्लेख गरेका छन् । उनले अमेरिकासँगको युद्ध विश्वका लागि असहनीय प्रकोपजस्तै हुने बताए ।

सिंगापुरमा जारी एसिया प्यासिफिक क्षेत्रको एक मात्र वार्षिक सुरक्षा सम्मेलन ‘साङ्ग्रिला संवाद’ मा उनले यस्तो बताएका हुन् । ली साङ्फुले एसियाका केही देशहरू हतियारका लागि प्रतिस्पर्धा गरिरहेको बताए ।

उनले अमेरिका र चीनले साझा आधार र साझा हित खोज्नुपर्ने बताए । यसअघि अमेरिकाले चीनले आफ्नो युद्ध पोतलाई असुरक्षित ढङ्गले घेरेको आरोप लगाएको थियो ।

शनिवार अमेरिकी नौसेनाले आफ्नो युद्धपोत क्यानडाका जहाजहरू लिएर ताइवान स्ट्रेट पार गर्दा चिनियाँ जहाज असुरक्षित तरिकाले त्यतातिर आएको बताएको थियो ।

चीनले संयुक्त राज्य अमेरिका र क्यानडालाई जानाजानी जोखिम भड्काएको भन्दै आलोचना गर्‍यो । जबकि दुवै देशले आफूहरूले अन्तर्राष्ट्रिय कानुनले अनुमति दिएको बाटो पछ्याइरहेको बताउँछन् ।

सम्मेलनमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि सहभागी थिए ।

ली साङ्फुले मार्च महिनादेखि नै चीनको रक्षामन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछि उनले अमेरिकामाथि शीतयुद्धको मानसिकताको आरोप लगाउँदै उसले जोखिम बढाउने काम गरिरहेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप