चिनियाँ रक्षामन्त्रीले अमेरिकासँग युद्ध भए के होला भनेर बताए
चीनका रक्षामन्त्री ली साङ्फुले पदभार सम्हालेपछि आफ्नो पहिलो प्रमुख भाषणमा अमेरिकासँग युद्धको उल्लेख गरेका छन् । उनले अमेरिकासँगको युद्ध विश्वका लागि असहनीय प्रकोपजस्तै हुने बताए ।
सिंगापुरमा जारी एसिया प्यासिफिक क्षेत्रको एक मात्र वार्षिक सुरक्षा सम्मेलन ‘साङ्ग्रिला संवाद’ मा उनले यस्तो बताएका हुन् । ली साङ्फुले एसियाका केही देशहरू हतियारका लागि प्रतिस्पर्धा गरिरहेको बताए ।
उनले अमेरिका र चीनले साझा आधार र साझा हित खोज्नुपर्ने बताए । यसअघि अमेरिकाले चीनले आफ्नो युद्ध पोतलाई असुरक्षित ढङ्गले घेरेको आरोप लगाएको थियो ।
शनिवार अमेरिकी नौसेनाले आफ्नो युद्धपोत क्यानडाका जहाजहरू लिएर ताइवान स्ट्रेट पार गर्दा चिनियाँ जहाज असुरक्षित तरिकाले त्यतातिर आएको बताएको थियो ।
चीनले संयुक्त राज्य अमेरिका र क्यानडालाई जानाजानी जोखिम भड्काएको भन्दै आलोचना गर्यो । जबकि दुवै देशले आफूहरूले अन्तर्राष्ट्रिय कानुनले अनुमति दिएको बाटो पछ्याइरहेको बताउँछन् ।
सम्मेलनमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि सहभागी थिए ।
ली साङ्फुले मार्च महिनादेखि नै चीनको रक्षामन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछि उनले अमेरिकामाथि शीतयुद्धको मानसिकताको आरोप लगाउँदै उसले जोखिम बढाउने काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण