शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना, अस्पतालमा भर्ना

सोमबार, २२ जेठ २०८०, १० : ३१
सोमबार, २२ जेठ २०८०

काबुल । अफगानिस्तानको उत्तरी सर–ए–पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा करिब ८० विद्यार्थीलाई विषाक्त सेवन गराइएको छ । विषाक्त सेवन गर्न दिइएका कारण बिरामी परेका छात्राहरूलाई हाल अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको उपचार जारी रहेको छ ।  

स्थानीय शिक्षा अधिकारीले अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको बताएका छन् । प्रान्तीय शिक्षा विभागका प्रमुख मोहम्मद रहमानीले तालिबान सत्तामा आएपछि महिला अधिकार लगभग समाप्त भएको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप