मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

सोमबार, २२ जेठ २०८०, १५ : ५८
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक सुझाव माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक अपिल गरेको हो । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नेगर्छ । सोही व्यवस्था बमोजिम आर्थिक वर्षको सुरु तिर बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

बैंकले सार्वजनिक गर्ने आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु बैंकको आर्थिक अनुसन्धान विभागको तोकिएको ठेगानामा असार १० गते भित्र पठाइसक्न बैंकले अनुरोध गरेको हो । 

nrb-monitory policy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप