शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको प्रमुख सचेतक शाहीको आरोप

सोमबार, २२ जेठ २०८०, १९ : २३
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको आरोप लगाएका छन् ।  

सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले करको दर हेरफेर गरी केही निश्चित घरानालाई पोस्नका लागि अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको समाचार बाहिर आएको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरे ।  

प्रमुख सचेतक शाहीले ११ सयभन्दा बढी विद्युतीय गाडी भन्सारबाट भित्रिएकै दिन अर्थमन्त्रीले अनधिकृत व्यक्तिहरुलाई बोलाएर करको दर हेरफेर गराएको समाचार आएकाले सो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।  

प्रमुख सचेतक शाहीले राज्यविरुद्धको अपराध हुने गरी करको दर हेरफेर गर्ने काममा केही अनधिकृत व्यक्तिहरुलाई संलग्न गराउने कुरा सह्यै हुनै नसक्ने चेतावनी समेत दिए।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप