शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश योजना आयोगको सदस्यमा खनाल नियुक्त

सोमबार, २२ जेठ २०८०, १९ : ३९
सोमबार, २२ जेठ २०८०

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले अझै पनि पूर्णता पाउन सकिरहेको छैन । सोमबार थप एक जना सदस्यलाई नियुक्त गरे पनि आयोगले पूर्णता पाउन सकेको   छैन । 

मुख्यमन्त्री नियुक्त भएको झण्डै ५ महिना बितिसक्दा पनि आयोगले पूर्णता पाउन नसकेको हो । यसअघि आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट योगेन्द्रबहादुर शाही नियुक्त भएका थिए । सोमबार सत्तारुढ नेपाली कांग्रेसको कोटाबाट ऋषि खनाल सदस्यमा नियुक्त भएका छन् ।

सुर्खेत निवासी खनाल कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख दुर्गा केशर खनालका छोरा हुन् । उनले जेठ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार नियुक्त भएका उनले पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् । 

आयोगको अध्यक्षमा मुख्यमन्त्री, एक उपाध्यक्ष र दुई सदस्य रहने व्यवस्था छ । अब एक जना सदस्य नियुक्त गर्न बाँकी छ । यस्तै आयोगको पदेन सदस्यमा प्रमुख सचिव र सदस्यसचिवमा अर्थ मन्त्रालयको सचिव रहने व्यवस्था छ ।

उपाध्यक्षलाई प्रदेशको राज्यमन्त्री सरह र सदस्यलाई सांसद सरहको सेवा सुविधा दिइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप