बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल प्रिमियर गल्फ मंगलबारबाट

सोमबार, २२ जेठ २०८०, १९ : ४९
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । सूर्य नेपाल गल्फ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारबाट हुने भएको छ ।

सोमबार नेपाल गल्फर एशोसिएशन नेपालले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलबारबाट आयोजना हुने जानकारी दिएको हो । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रवार सकिनेछ । प्रतियोगितामा ४१ प्रोफेसनल खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल गल्फर एशोसिएशन नेपालका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

विजेताले २ लाख ७० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ७० हजार पाउनेछन् । यस्तै तेस्रोले १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् । त्यस्तै च्याम्पियनसिप सकिएको भोलिपल्ट शनिवार प्रोफेसनल र एमेच्योर प्रतियोगिता हुनेछ  । जसमा २५ प्रोफेसनल र १०० एमेच्योर गल्फरले सहभागिता जनाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप