सूर्य नेपाल प्रिमियर गल्फ मंगलबारबाट
काठमाडौँ । सूर्य नेपाल गल्फ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारबाट हुने भएको छ ।
सोमबार नेपाल गल्फर एशोसिएशन नेपालले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलबारबाट आयोजना हुने जानकारी दिएको हो । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रवार सकिनेछ । प्रतियोगितामा ४१ प्रोफेसनल खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल गल्फर एशोसिएशन नेपालका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विजेताले २ लाख ७० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ७० हजार पाउनेछन् । यस्तै तेस्रोले १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् । त्यस्तै च्याम्पियनसिप सकिएको भोलिपल्ट शनिवार प्रोफेसनल र एमेच्योर प्रतियोगिता हुनेछ । जसमा २५ प्रोफेसनल र १०० एमेच्योर गल्फरले सहभागिता जनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण