विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम लगाए कारबाही गरिने
मङ्गलबार, २३ जेठ २०८०, १२ : १७
काठमाडौँ । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम काज गराउने विद्यालय कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा कामकाज गर्न लगाउँदै आएको अनुगमन र निवेदन मार्फत जानकारी पाएको भन्दै कार्य रोक्न निर्देशन दिएको हो ।
‘सबै स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई सोही कार्यविधि अनुसार कार्य गर्न गराउन अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ । एक विद्यालय एक नर्स कार्यक्रम २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने उल्लेख गरिएको छ ।
एक विद्यालय एक नर्स कार्यक्रम आ.व. २०७९÷८० सम्ममा ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण