विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम लगाए कारबाही गरिने
मङ्गलबार, २३ जेठ २०८०, १२ : १७

काठमाडौँ । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम काज गराउने विद्यालय कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा कामकाज गर्न लगाउँदै आएको अनुगमन र निवेदन मार्फत जानकारी पाएको भन्दै कार्य रोक्न निर्देशन दिएको हो ।
‘सबै स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई सोही कार्यविधि अनुसार कार्य गर्न गराउन अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ । एक विद्यालय एक नर्स कार्यक्रम २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने उल्लेख गरिएको छ ।
एक विद्यालय एक नर्स कार्यक्रम आ.व. २०७९÷८० सम्ममा ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स