कोशीमा आफ्नै नेतृत्वको सरकार निर्माणमा पहल गर्ने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । मङ्गलवार मध्यान्ह बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो ।
दलको बैठकपछि कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले गठबन्धनको ठुलो दलका हैसियतले सरकारको नेतृत्वमा दाबी रहेको बताए । आफ्नो नेतृत्वमा सरकार निर्माणमा पहल गर्ने भन्दै उनले गठबन्धनमा रहेका दलसँग छलफल गरिने बताए ।
उनले भने, ‘माओवादी केन्द्र र जसपाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार निर्माण बाटो खुलेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ ।’
तर, सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कार्कीको भनाइ छ । ‘गठबन्धन अब छलफल हुन्छ । जसो नाममा सहमति हुन्छ, उसैकै नेतृत्वमा सरकार बन्छ । तर, नेपाली कांग्रेस ठुलो दल भएकाले हाम्रो पहिलो दाबी रहन्छ । केन्द्रले के निर्णय गर्छ । त्यो मानेर अगाडि बढ्छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण